बाग्मतीका मुख्यमन्त्री फेर्न दलहरूका बीचमा छलफल, सत्तारूढ दलैपिच्छे हस्ताक्षर सङ्कलन

 असार १६, २०७९ बिहिबार १७:२:३५ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारूढ दलहरूका बीचमा छलफल भएको छ । सत्तारूढ दलका संसदीय दलका नेताहरू, मुख्यमन्त्री पाण्डेका बीचमा आज बिहीवार हेटौँडामा छलफल भएको हो ।

छलफलमा मुख्यमन्त्री पाण्डेले केन्द्रका नेताहरूको निर्देशनका आधारमा मात्र मुख्यमन्त्री छोड्ने बताएपछि सत्तारूढ दलका सांसदहरूले मुख्यमन्त्री परिवर्तन गर्नका लागि हस्ताक्षर सङ्कलन गरेका हुन् । प्रदेश सभा आजदेखि अनिश्चितकालका लागि स्थगित भएकाले आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका हुन् । 

दलहरूका बीचमा सरकार परिवर्तन नभइ मुख्यमन्त्री परिवर्तनका विषयमा छलफल भएको माओवादी केन्द्रका पूर्वमन्त्री एवम् प्रदेश सभाका सदस्य युवराज दुलालले बताउनुभयो । सत्तारूढ दलहरूका बीचमा आपसी छलफलबाट नै मुख्यमन्त्री परिवर्तन हुने उहाँले बताउनुभयो । 

प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु गरिएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशनवनिा सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु गरेको हो । 

सत्तारूढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । त्यही समझदारीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो । आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमति अनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा हुनुहुन्छ । 

पाण्डे गएको कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँलाई माओवादीबाट २३, कांग्रेसबाट २२, नेकपा (एस) बाट १३ र जसपाबाट एकसहित ५९ सांसदको समर्थन रहेको थियो । 

अहिले माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको एक सांसदले जानकारी दिए । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया