मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको स्वागतमा सलामी

 असार २०, २०७९ सोमबार १९:५१:७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेको स्वागतमा सलामीबाट सम्मान गरेकाे छ । जिल्ला प्रहरीले परमपरागत प्रचलनअनुसार सीडीओ सलामीबाट स्वागत गरेको हो । आज साेमवार सीडीओ पाण्डे जिल्ला प्रहरी कार्यालयको निरीक्षणमा जाँदा सलामीबाट स्वागत गरिएको हो ।

मकवानपुरका सीडीओ प्रमुख जिल्ला अधिकारी परिवर्तन भएको चार दिन भएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सरुवा भएपछि उहाँको ठाउँमा पाण्डे आउनुभएको हो । मकवानपुरमा आएपछि हरेक दिनजसो उहाँले भेटघाट, छलफल र निरीक्षणमा बिताउनुभएको छ ।

यही असार १७ गते सरुवा भइ मकवानपुर आउनुभएका सीडीओ पाण्डेले सुरक्षा निकाय, पत्रकारलगायत सरोकारवाला निकायसँगको भेटघाट बढाउनुभएकाे छ । जिल्ला समन्वय समिति मकवानपुरले हिजो मात्र उहाँको स्वागत गर्‍याे । त्यहाँ उहाँलाई मकवानुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की, प्रहरी निरीक्षकहरू लगायतकाले स्वागत गरेका थिए । त्यही क्रममा पाण्डेलाई पिर्कामाथि राखेर सलामी दिइएको थियो ।

सलामीपछि उहाँले जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण तथा अवलोकन गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया