कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

 असार ३०, २०७९ बिहिबार १२:४३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता सङ्ग्रह 'प्वाँख' बजारमा ल्याएको छ ।

कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस सङ्ग्रहमा ८७ कविताहरु सङ्ग्रहित छन् ।

पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् 'कविता मभित्र कुनै कोमल भावना बनेर अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरको छु । वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु ।'

भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली 'सुफि-शैलीका कविता' भन्न रूचाँउछन् । 'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ', पुस्तकबारे कवि नवराज पराजुली भन्छन्,'सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उनका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न चाहिँ पाएको थिइनँ । आज कविताले नविनलाइ चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ ।'

'प्वाँख' कविता सङ्ग्रह हालसालै एउटा समारोहबीच अमेरिकाको न्युयोर्कमा विमोचन गरिएको थियो । 'प्वाँख' को मूल्य नेपाली बजारका लागि २ सय ९५ रुपैयाँ रहेको छ भने पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ ।

ईबुकको प्रतिलिपि  thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत उपलब्ध हुनेछ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया