डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ व्यक्तिगत खातामा

 असार ३१, २०७९ शुक्रबार ११:३४:४२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ कर्मचारीकाे व्यक्तिगत खातामा राखेकाे पाइएकाे छ। 

बितेको आर्थिक वर्षमा निजी क्षेत्रका सिमेन्ट उद्योगसँग सम्झौता बमोजिमको रकम डिभिजन वन कार्यालय राप्तीका तत्कालीन सहायक वन अधिकृत प्रदीपनाथ शर्माले कार्यालयको खातामा राख्नुपर्ने रकम व्यक्तिगत खातामा राखेकाे पाइएकाे हाे । 

निजी क्षेत्रका सिमेन्ट उद्योग रिद्धिसिद्धी सिमेन्ट उद्योग र गुराँस सिमेन्ट उद्योगसँग नर्सरी मर्मत र बिरुवा उत्पादनका लागि भनेर सम्झौता गरेर दिएको भुक्तानी रकम सहायक वन अधिकृतले व्यक्तिगत खातामा जम्मा गरेको महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

एक वर्ष अगाडि व्यक्तिगत खातामा जम्मा गरेको रकम सहायक वन अधिकृत शर्माले वन कार्यालयको खातामा तीन दिन अगाडि जम्मा गरिसकेको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया