मकवानपुरकाे भेटेरिनरी अस्पतालले किनेकाे घाँसका बिरुवा किसानलाई वितरण नगरि फालियो

 साउन ८, २०७९ आइतबार ९:७:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - असार अन्तिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिएको छ ।

मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका किसानका लागि भनेर खरिद गरेर लगिएको घाँसका बिरुवा कुहिने अवस्थामा पुगेका छन् ।

मकवानपुरगढीको पशु शाखा प्रमुख सत्यनारायण शाहका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कुनै समन्वय नगरेको र बिरुवा किन ल्याएर फालियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । तर मकवानपुरगढीका पशु शाखाका कर्मचारीलाई बुझाएर गएको भर्पाइ आफूसँग रहेको पशु सेवा विज्ञ केन्द्र मकवानपुरका योजना शाखाका अधिकृत देवराज पराजुलीले बताउनुभएको छ ।

विज्ञ केन्द्रबाट आएको घाँसको बिरुवा समयमै किसानले नपाउँदा खेर गएको छ । लाखौँ रुपैयाँ खर्चिएर उत्पादन गरिएको घाँसको बिरुवा किसानलाई वितरण नगरि खेर फालिएकोमा किसानले चिन्ता व्यक्त गरेका छन् ।

विभिन्न जातका घाँसका बिरुवा मकवानपुरका १० वटै पालिकाको किसानको हातमा वितरण गर्नुको सट्टा असार महिनाको अन्तिममा पालिकाका एक/एक ठाउँमा लगेर त्यसै छोडिएको स्थानीय किसानले गुनासो गरेका छन् ।

आफूले उन्नत बिरुवा नपाएर वर्षौँदेखि घाँसको समस्या भोग्नुपरेको तर आएका बिरुवा पनि जथाभाबी फालिएको किसानको गुनासो छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया