तमोर कोरिडोरको सडक कालोपत्रको ठेक्का खुल्यो

 साउन १८, २०७९ बुधबार १५:४४:९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्न छोटो दुरीको रूपमा रहेको तमोर कोरिडोर सडक कालोपत्रको ठेक्का खुलेको छ ।

चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडक अन्तर्गत पाँचथरको गणेशचोक–मूलघाट सडक कालोपत्र गर्नका लागि ठेक्का खुलेको हो । एक सय १० किलोमिटर सडक कालोपत्र गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुबेर नेपालीलले बताउनुभयो । एक महिनासम्मकाे अवधि ताेकेर सडक दुई खण्डमा कालोपत्र गर्ने ठेक्का खुलेको हाे । झन्डै पाँच अर्ब ६७ करोड रुपैयाँमा ठेक्का खुलेको हो ।

आर्थिक र रणनीतिक महत्त्वको यो सडक कालोपत्र हुने भएपछि यस क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।अहिले मूलघाटदेखि भेडेटार हुँदै धरान जाने सडक मुख्यरूपमा प्रयोगमा आएको छ ।

ग्राभ्रेलस्तरको सडक बनेसँगै तराई र साथै १ नम्बर प्रदेशको राजधानी जान छिटो सडकको रूपमा प्रयोगमा आइरहेको थियो । यो खण्डमा पर्ने आठ वटा पुलमध्ये सात वटाको ठेक्का लागिसकेको छ । चतरादेखि पाँचथरको गणेशचोक एक सय ५८ किलोमिटर सडकमध्ये मूलघाटदेखि गणेश चोकसम्मको एक सय १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया