हेटौँडाको यातायात पूर्वाधार निर्देशनालय : विना मापदण्ड ठेकेदारलाई ९० लाख रुपैयाँ पुरस्कार

 साउन १९, २०७९ बिहिबार १९:१४:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले ठेक्का अवधि निर्धारण गर्ने आधार एवम् मापदण्ड स्वीकृत नगरि ठेकेदारलाई ९० लाख रुपैयाँ पुरस्कार दिएको पाइएको छ ।

मापदण्ड स्वीकृत नगरि निर्देशनालयले नुवाकोटको तादी नदीमा पुल निर्माणको काम निर्धारित समयभन्दा दश महिना अगाडि नै सकेको भन्दै निर्माण कम्पनीलाई ९० लाख रुपैयाँ पुरस्कार दिएको विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो । समयभन्दा अगाडि नै पुल निर्माण गर्ने निर्माण व्यावसायीलाई बोनस स्वरूप यो रकम दिएको हो ।

तादी पुल डिजाइन एन्ड बिल्ड पद्धतिब निर्माण गर्नका लागि नौ करोड १३ लाख चार हजार रुपैयाँमा सम्झौता गरेर निर्माण व्यावसायीले काम गरेका थिए ।

ठेक्का अवधि निर्धारण गर्ने आधार एवम् मापदण्ड स्वीकृत नगरि बोनसको व्यवस्था गर्दा यथार्थमा ठेक्का म्याद सही ढङ्गले निर्धारण भएकोमा विश्वस्त हुन नसकेको महालेखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया