पोखराकी श्रेयाको बलात्कारपछि हत्या भएको खुलासा

 असोज १०, २०७५ बुधबार ११:३२:५१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया विक (सुनार)को बलात्कारपछि हत्या गरिएको पुष्टी भएको छ । 

सोमबारदेखि हराएकी १० वर्षीया श्रेया विक (सुनार) मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा उनको शव भेटिएको हो । 

श्रेयाको बलात्कारपछि हत्या भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि पत्ता लागेको हो । यो सँगै जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यारालाई प्रकाउ गरेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले घटना सार्वजनिक भएको १६ घण्टामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार घटनापछि सुरुमा शंका लागेका जतिलाई पक्राउ गर्दा श्रेयाका छिमेकी २७ वर्षीय कुशुम पौडेलले घटना आफूले गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । यद्यपी जिल्ला प्रहरी कार्यालयले भने हत्यारालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ । 

रक्सी र लागुपदार्थको नसामा रहेका पौडेलले बालिकालाई करणी गरेपछि थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया