रुइतलाई पद्मश्री गाैरव, ज्ञवालीलाई पद्मश्री साहित्य र ठकुरीलाई पद्मश्री साधना सम्मान दिइने

 भदौ १६, २०७९ बिहिबार २०:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २०७८ सालको पद्ममश्री गाैरव पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान गरिने भएकाे छ । डा. रुइतलाई दुर्गम क्षेत्रमा गएर आँखाकाे माेतियाबिन्दुसम्बन्धी शल्यक्रिया गरेर धरैलाई ज्याेति प्रदान गरेकाे याेगदानकाे कदर गर्दै पुरस्कार दिइने भएकाे हाे । 

यस्तै पद्यमश्री साहित्य पुस्कार कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरिने भएको छ । ज्ञवालीको 'अर्काे भोर' कथा सङ्ग्रह कृतिका लागि पुरस्कार प्रदान गरिने भएको हो । यस्तै पद्यश्री साधना सम्मानबाट कथाकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरिएको छ । ठकुरीलाई आधुनिक कथाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत पुरस्कार प्रदान गर्न लागिएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।  

तीन वटै पुरस्कारको राशी तीन लाख रुपैयाँ रहेको छ । आउँदाे दशैँकाे कोजाग्रत पूर्णिमाको दिन एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया