हेटौँडामा ३ सय जनाको आँखा अप्रेशन गर्दै सन्दुक रुइत

 भदौ २८, २०७९ मंगलबार १८:२६:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरसहित विभिन्न जिल्लामा गरिएका आँखा जाँच शिविरबाट अप्रेशन गर्नुपर्ने बिरामी हेटौँडा सामुदायिक आँखा अस्पतालमा रिफर भएका छन् । झन्डै तीन सय जनाकाे आँखाकाे अप्रेशन गर्नका लागि डाक्टर सन्दुक रुइत हेटौँडामा हुनुहुन्छ । 

बिहानैदेखि बेलुकासम्म विभिन्न जिल्लाबाट आएका बिरामीका आँखाकाे अप्रेशन गरेर उहाँको दिन बित्ने गरेको छ । हरेक वर्ष उहाँ हेटौँडा सामुदायिक आँखा अस्पतालमा अप्रेशनका लागि आउने गर्नुभएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु लगायतका समस्या भएका बिरामीलाई हेटौँडा सामुदायिक आँखा अस्पतालमा ल्याएर अप्रेशन गर्ने गरिएको अस्पतालका म्यानेजर सुधिर श्रेष्ठले बताउनुभयो । विभिन्न जिल्लाका ठाउँ–ठाउँमा गरिएका निःशुल्क आँखा शिविरमा जटिल समस्या देखिएका बिरामीलाई यहाँ अप्रेशनका लागि ल्याइएको उहाँले बताउनुभयो । 

यस्ता बिरामीको डाक्टर रुइतले निरन्तर अप्रेशन गरिरहनुभएको छ । अस्पतालमा आँखामा देखिएका समस्या लिएर आएका बिरामीको भिड लागेको हो । 

यसैगरी आजै बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हेटौँडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतम लगायतले डाक्टर रुइतसँग आँखा जाँच गराउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया