यू-१८ महिला साफ च्याम्पियनिसप: पहिलो हाफमा नेपालले लियाे ६–० को अग्रता

 असोज १२, २०७५ शुक्रबार २०:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

यु १८ महिला साफ च्याम्पियनिसप फुटबलमा नेपालले पहिलो हाफमा ६–० को अग्रता बनाएको छ ।

शुक्रबारदेखि भुटानमा शुरु भएको प्रतियोगितामा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेकाे छ । पहिलो हाफ सकिँदा नेपालले अहिलेसम्म ६ गोल गरिसकेको छ । नेपालका लागि रेखा पौडेलले ह्याट्रिक पूरा गर्दै पाँच गोल गरेकी छिन् भने एक गोल सारु लिम्बुको नाममा रहेको छ ।

नेपालका लागि पहिलो हाफको ५औं मिनेटदेखि गोलको शुरुआत गरेको थियो । रेखा पौडेलले ५औं मिनेटमा गोल गरेकी थिइन् ।

१७औं मिनेटमा रेखालेनै व्यक्तिगत तथा टिमका लागि दोस्रो  गोल गरेकी थिइन् । १९औं मिनेटमा गोल गर्दै रेखा पौडेलले ह्याट्रिक पुरा गरिन् । ३२ औं मिनेटमा टिमका लागि चौथो गोल गरेकी  रेखालैनै ब्यक्तिगत पनि चौथो गोल गरिन् ।

नेपालले ३८औं मिनेटमा पाचौं गोल गर्दा पनि त्यो गोल रेखाकै नाममा रह्यो । सारु लिम्बुले पहिलो हाफको अन्त्यतिर गोल गर्दै नेपाललाई ६–० को अवस्थामा पुर्याकी छिन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया