१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

 असोज १३, २०७५ शनिबार १४:४१:४९ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – जिल्लाको परसुराम नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका खुल्न आएको छ । अनन्ते मेला हेरर घर आउने क्रममा असोज ९ गते राति युवती बलात्कृत भएकी हुन् ।

परशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको प्रहरीको भनाई छ ।

पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । फरार जोशीको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

3 Comments

  • Nhuchhe Nemkul

    Aug. 23, 2020, 1:04 a.m.

    संचारकर्मीकाे काम नभएर हाे कि अरू समाचार नभएर हाे यस्ता २ वर्ष वित्न लागेका कुरालाई पनि हाइलाइत समाचारकाे रूपमा मेडियामा आउँछन् ?

  •  0 Reply
  • सुनद खडका

    Sept. 29, 2018, 5:16 p.m.

    डडेलधुरा मा १५ बर्सिया किशोरी माथी भएको सामुहिक बलात्कार घटना प्रती दु ख: ब्यक्त गर्दै यस्ता बलात्कार का घटना यक पछि अर्को घटना दोहिरिरहेको छन् ।आखिर किन त यो देसमा बिधिको शासन छैन राज्य किन निकम्मा भएको हो? यो सम्मबन्धी राज्य ले राज्य का सबै तह कुना कन्दरा सम्म यौन सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गर्न आबश्यक छ।

  •  0 Reply
  • महेन्द्र सुवेदी

    Sept. 29, 2018, 3:19 p.m.

    लाग्छ,बलात्कारका घटना पहिला पनि नघटेका हाेईनन् सायद अहिलेकाे समयमा बढी सँख्यामा खुल्न अाएका मात्र हुन्।पहिला सायद ईज्जतकाे सवाल हुन्थ्याे अचेल महिला सुरक्षाकाे र न्यायकाे बढी खाेजी हुन थालेकाे छ। #फरक

  •  0 Reply

तपाईको प्रतिक्रिया