मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

 असोज ११, २०७९ मंगलबार ६:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्रकाे स्थापना गरिने भएकाे छ । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको हाे ।

गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले हिजाे आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताउनुभयो । 

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो । त्यस अवसरमा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुसंग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दुतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको पनि बताउनुभयो । 

यस्तै नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया