बारा बस दुर्घटना अपडेट : हेटौँडाका ३ वटा अस्पतालमा १४ जनाको ज्यान गयाे

 असोज २०, २०७९ बिहिबार १३:२९:४३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् । 

बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १४ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताउनुभयो । 

हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएकाे हाे । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप एक–एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी गौतमले जानकारी दिनुभयो । उनीहरूको सनाखत हुन बाँकी छ ।

दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । 

दुर्घटनाको प्रकृति हेर्दा मृतकको सङ्ख्या अझै बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरीक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानीसमेत परिरहेका कारण दुर्घटना भएकाे देखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र. ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया