मकवानपुरमा एमालेबाट क–कसले पाए टिकट ?

 असोज २१, २०७९ शुक्रबार १९:२६:३२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेकपा एमालेले मङ्सिर ४ गते हुने चुनावमा मकवानपुरको प्रतिनिधि सभाकाे दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । 

एमाले केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । मकवानपुरका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरूको नामावलीमध्येमा उम्मेदवार बन्नेहरूको नामको टुङ्गो लागेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । 

एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा बाग्मती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेशकुमार बतौलालाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । 

यसैगरी एमालेले नम्बर–१ को (क) मा बाग्मती प्रदेश सदस्य कमलबहादुर विष्ट र (ख) मा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को (क) मा विष्णु ढकाल र (ख) मा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

यही असोज २३ गते आइतवार हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार बनाउने निर्णय भएकाहरूले उम्मेदवार दर्ता गराउने छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया