पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई

 असोज २५, २०७९ मंगलबार ८:४८:५५ | रासस
unn.prixa.net

काठमाण्डाै - यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा याे पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गर्नुभएको हो । त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिएको छ। 

गएकाे वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा पुरस्कार घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई याे पुरस्कार प्रदान गर्ने  गरिन्छ । लाखौँ मानिसलाई आँखाको ज्याेति प्रदान गर्नुहुने नेत्र चिकित्सक डा रुइतलाई याे पुरस्कार अध्यक्ष लामिछानेले प्रदान गर्नुभयो ।

यस वर्षको पद्मश्री साधना सम्मान ३० को दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । उहाँका सातवटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथा सङ्ग्रह प्रकाशित छन् । 

समाजिक यथार्थवादी कथा लेखेर नेपाली कथा साहित्यलाई समृद्ध बनाउनुभएकी कथाकार ठकुरीलाई अध्यक्ष लामिछानेले सम्मान प्रदान गर्नुभएको छ । तीनै पुरस्कार राशि जनही तीन लाख रुपैयाँ रहेको छ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया