विश्वकै लामो म्याराथन कात्तिक ६ गतेदेखि सोलुखुम्बुमा हुँदै

 असोज ३१, २०७९ सोमबार १७:३५:५० | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोलुखुम्बु – साेलुखुम्बुमा विश्वकै लामो दुरीको म्याराथन प्रतियोगिता हुने भएको छ । आउँदाे कात्तिक ६ गतेदेखि सोलुदूधकुण्ड नगरपालिका ८ धापबाट प्रतियोगिता सुरु हुने आयोजक संस्था स्मल वर्ल्डले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाका अनुसार धापबाट सुरु भएर सगरमाथा आधार शिविरसम्म पुगेर पुनः धापसम्म नै आएर टुङ्गिने म्याराथनको दुरी तीन सय १० किलोमिटरको हुने छ । धावक दा छिरि शेर्पाको अगुवाइमा हुने प्रतियोगिता लगातार १५ दिनसम्म चल्नेछ । दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र १२ जना नेपाली धावक सहभागी हुनेछन् । 

प्रतियोगिता धाप–पिके डाँडा–नाम्चे–गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर त्यही ठाउँ हुँदै धावकको टोली धाप नै फर्कने छ ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।

विदेशीहरूले यो लामो म्याराथनको भिडियो डकुमेन्ट्री बनाएर विश्वका महत्त्वपूर्ण च्यानलहरूमा प्रसारण गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।  कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिययस्तरको दौड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया