मलेसिया पठाउन पैसा लिने द रिभर ओभरसिजमा विभागको अनुगमन, ३ दिनभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता

 कात्तिक २, २०७९ बुधबार १६:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि मलेसिया पठाउनका लागि श्रमिकसँग पैसा लिने द रिभर ओभरसिज प्रालिमा वैदेशिक रोजगार विभागले अनुगमन गरेको छ ।

मलेसिया पठाउन २० जना श्रमिकसँग प्रतिव्यक्ति २ लाख ३० हजारका दरले पैसा मागेको भन्ने उजुरीको आधारमा विभागले मङ्गलवार अनुगमन गर्दा १९ जना श्रमिकबाट ४१ लाख ४३ हजार रुपैयाँ लिइसकेको पाइएको विभागले जनाएको छ ।

विभागको टोली म्यानपावरमा पुग्दा एक कोठामा श्रमिकहरूलाई पूर्व प्रस्थानको बारेमा जानकारी दिइराखेको अवस्थामा फेला परेको र श्रमिकसँग सोधपुछ गर्दा १९ जनाले ४१ लाख ४३ हजार रुपैयाँ म्यानपावरको लेखा शाखामा बुझाइसकेको पाइएको विभागले जानकारी दिएको छ । 

सबैभन्दा पहिला द रिभर ओभरसिज प्रालिले मलेसियामा २० जना श्रमिकलाई आफ्नो म्यानपावरमार्फत पठाउन लागेको तर देवान कन्सल्ट्यान्ट प्रालिबाट भिसा र श्रम स्वीकृति लिएको पनि पाइएको छ । 

विभागका अनुसार श्रमिकहरूलाई आफूले नै पठाउन लागेको र मलेसिया पुगिसकेपछि पनि सबै जिम्मेवारी आफूले नै लिने द रिभर ओभरसिज प्रालिले बताएको तर भिसा र श्रम स्वीकृति भने अर्कै म्यानपावर कम्पनीबाट लिएको हो ।

जसअनुसार देवान कन्सलट्यान्टमार्फत भिसा र श्रम स्वीकृति लिई आज बुधवार मलेसियाको उडान तय पनि भएको छ । तर म्यानपावर कम्पनीले बढी रकम लिएको भन्ने उजुरी विभागमा प्राप्त भएपछि विभागले म्यानपावरमा मङ्गलवार अनुगमन गरी श्रमिकलाई निःशुल्क मलेसिया पठाउने र तिरेको रकम उनीहरूका आफन्तलाई दिन निर्देशन दिएको छ ।

दुवै संस्थाका प्रतिनिधिहरूको रोहवरमा छलफल गरी तीन दिन भित्र म्यानपावरले लिएको रकम श्रमिकका आफन्तलाई फिर्ता गर्ने लिखित प्रतिबद्धता गरिएको विभागले जनाएको छ । निर्धारित तालिका अनुसार श्रमिकहरू बुधवार नै मलेसिया उड्ने विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dil prasad Tamang

    Oct. 19, 2022, 5 p.m.

    फिर्ता गर्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया