मकवानपुरमा भाइटीकाको रौनक (तस्बिरहरू)

 कात्तिक १०, २०७९ बिहिबार १७:१०:२९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा तिहारकाे मुख्य दिन भाइटीका धुमधामसँग मनाइएको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिका सहित दश वटै पालिकामा दाजुभाइ, दिदीबहिनीले एकआपसमा टीका लगाउँदै यो पर्व मनाएका हुन् ।

गएकाे दुई वर्ष कोरोना सङ्क्रमणका कारण त्यति उत्साहजनकरूपमा चाडपर्व नमनाएका मकवानपुरवासीले भने यस वर्ष धुमधामसँग तिहार मनाउँदै खुसी साटिरहेका देख्न सकिन्थ्याे । 

भाइटीकामा दिदीबहिनीले श्रद्धापूर्वक दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै दाजुभाइलाई परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने गर्छन् । 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया