निवर्तमान प्रदेश सभा सदस्य विश्वकर्माले प्रयाेग गर्दै आएकाे सरकारी गाडी नियन्त्रणमा

 कात्तिक २१, २०७९ सोमबार १४:८:५७ | जयनारायण यादव
unn.prixa.net

बारा - बारामा प्रहरीले एक जना निवर्तमान प्रदेश सभा सदस्यले प्रयोग गर्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीले मधेस प्रदेश सभाका निवर्तमान सदस्य सुन्दर विश्वकर्माले प्रयोग गर्दै आएको सरकारी गाडी आज बिहान नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सिमराको टोलीले नेकपा एमालेका तर्फबाट सचेतक रहेका विश्वकर्माले प्रयोग गर्दै आएको प्रदेश २-०२००१ झ ००८८ नम्बरको जीप सिमराको औराहाबाट नियन्त्रण लिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराउनुभयो ।

निवर्तमान प्रदेश सभा सदस्य निर्वाचन आचारसंहिता विपरीत सरकारी गाडी चढेर चुनावको प्रचारप्रसार गर्दै आएको गुनासो आएपछि गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया