गण्डकी प्रदेशको स्वीकृत लोगोमाथि उजुरी

 असोज १७, २०७५ बुधबार १६:४७:३३ | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले दुइदिन अघि सार्वजनिक गरेको लोगोमाथि उजुरी परेको छ । 

लोगो निर्माण प्रतिस्पर्धामा सहभागी पोखराका महेन्द्र उपाध्यायले आफूले बनाएको लोगोमा थोरै मात्रै परिमार्जन गरेर पास गरेको पाइएकाले छानबिनको माग गर्दै बुधबार गण्डकी प्रदेशको कार्यालयमा उजुरी दिनुभएको हो । 

उपाध्यायले आफूले तयार गरेको दुइवटा लोगोसँग हुबहु मिल्ने र केही कुरामात्रै थपघट गरेर अन्तिम लोगो तयार गरिएकोले छानबिन गर्न माग गर्नुभएको छ । 

प्रदेशसभामा आफूले दुईवटा लोगो पेश गरेकोमा ती दुवै लोगो मिसाएर बनाइएको लोगोलाई सार्वजनिक गरेको भन्दै उपाध्यायले कर्मचारीले अरुको लोगो डिजाइन हेरेर निर्माण गरेकोले आफ्नो परिश्रमको अवमूल्यन भएको पनि बताउनुभएको छ ।

लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गोरखाका विनित रानामगरले बनाएको भन्दै लोगो पास गरेपछि प्रदेश सरकारले सार्वजनिक गरेको थियो ।

विनित प्रदेशसभा सचिवालयका कर्मचारीसमेत रहेको बुझिएको छ । समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो । विनितलाई नगद २५ हजार पुरस्कार प्रदान पनि गरिएको छ ।

लोगो र पोशाक निर्धारण गर्न कार्यव्यवस्था परामर्श समितिलाई जिम्मा दिइएको थियो । समितिले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरुलाई समेटेर छुट्टै लोगो तथा पोशाक सिफारिस समिति बनाएको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

1 Comments

  • BT bethar

    Oct. 3, 2018, 8:32 p.m.

    कुरो गंभीर लाग्यो ।कसैको बौद्धिक सम्पत्ति कर्मचारीबाट चोरीएको कुरा अक्षम्य अपराध हो, चोर्ने,चोर्न सघाउंने र यसमा मिलेमतो गर्ने माथि कडा कारवाही गरिनु पर्दछ। प्रतिभाले सम्मान साथ न्याय पाअोस्।

  •  0 Reply

तपाईको प्रतिक्रिया