कतारमा रहेकाे नेपाली दूतावासको अपिल : विश्वकप सफल बनाऔँ

 कात्तिक ३०, २०७९ बुधबार ११:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ सफल बनाउन त्यहाँ रहेको नेपाली दूतावासले नेपाली समुदायसँग अपिल गरेको छ ।

कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाहरूलाई पनि सम्भव भएसम्म विश्वकपको समयमा कुनै पनि कार्यक्रम नगर्न र विश्वकप सफल बनाउन इमानदारिताका साथ सहयोग गर्न अपिल गर्नुभएको हो । 

विज्ञप्ति जारी गर्दै राजदूत ढकालले भन्नुभएको छ ‘नेपाली समुदाय तथा सङ्घसंस्थाहरूले सम्पादन गर्नु पर्ने कुनै कार्यक्रम भएमा सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्नु–गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।’

दूतावासका अनुसार नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्च अधिकारीले प्रशंसा गरेका छन् । विश्वकप प्रतियोगिता भएकाले पनि यति बेला संसारको ध्यान कतार केन्द्रित भएको छ ।

विश्वकप फुटबलका लागि संरचना बनाउन हजारौँ श्रमिकले काम गरेका थिए । कतार र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भइसकेको छ । 

विश्वकप यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुँदै छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया