भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

 मंसिर १, २०७९ बिहिबार १०:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ ।

विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न आग्रह गरेको हो ।

अहिले भिजिट भिसामा आएर समस्यामा पर्ने नेपालीहरू कति छन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । त्यसैले यदि कोही पनि नेपाली नागरिक भिजिट भिसामा आएर समस्या परेको र नेपाल फर्कन चाहिरहेको भएमा ६ नोभेम्बर भित्र दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

दूतावासमा [email protected] वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गरेर आफ्नो विवरण टिपाउन सकिन्छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया