साेलुखुम्बुमा ४ हजार मिटरको उचाइमा पाङ्बोचे मतदान केन्द्र

 मंसिर ३, २०७९ शनिबार ११:४१:३६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ मा रहेकाे पाङ्बोचे मतदान स्थल जिल्लाकै सबैभन्दा उच्च ठाउँकाे मतदान केन्द्रमा परेको छ ।

भाेलि हुने चुनावका लागि पाङ्बोचे आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र करिब ४ हजार मिटरको उचाइमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे ।

याे मतदान केन्द्रमा ३ सय ८४ जना मतदाता रहेका छन् भने मतदान अधिकृतसहित ८ जना कर्मचारी खटिएका छन् । यस ठाउँमा  मतदान अधिकृतको रुपमा खुम्जुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक ङवाङ दोर्जी बाहिङ (एनडी राई) खटिनुभएकाे छ । 

कर्मचारीहरु मतदान केन्द्र पुगेर आवश्यक तयारीको काम गरिरहेका सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयाे । उच्च ठाउँ भएकाले पानी जम्ने, चिसाे हुने लगायत विभिन्न चुनौतीका बीच व्यवस्थापनको काम गरिरहेको मतदान अधिकृत ङवाङ दोर्जी बाहिङ (एनडी राई) ले बताउनु भयाे । 

तस्बिर साैजन्य : मतदान अधिकृत ङवाङ दोर्जी बाहिङ

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया