बाराको चार वटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा

 मंसिर ३, २०७९ शनिबार १६:१२:५३ | जयनारायण यादव
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बारा – भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अन्तरगत बाराको चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको छ ।

क्षेत्र नम्बर १ को मतगणना कोल्हबीमा रहेकाे नगरपालिकाको सभा हल र क्षेत्र नम्बर २ को बरियारपुरमा रहेकाे गढीमाई महेन्द्र उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिनुभयो । क्षेत्र नम्बर ३ को मतगणना कलैया ३ गंगापुरमा रहेकाे शैक्षिक तालिम केन्द्रमा र क्षेत्र नम्बर ४ को मतगणना सिमरामा रहेकाे नेपाल राष्ट्रिय उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

मतदानपछि मतपेटिकाहरु संकलन भइसकेपछि उम्मेदवारहरुसँग छलफल गरेर त्यहि दिनदेखि मतगणना शुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो । यस्तै, मतगणना स्थलमा सीसी क्यामरा जडानसहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया