बहराइनले 'फ्लेक्सी भिसा'लाई प्रतिस्थापन गर्दै ल्यायो ‘लेबर रजिस्ट्रेसन प्रोग्राम’

 मंसिर २०, २०७९ मंगलबार १३:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनमा कार्यरत श्रमिकलाई ‘लेबर रजिस्ट्रेसन प्रोग्राम’ मा सहभागी हुन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

बहराइनले अहिले प्रयोगमा रहेको फ्लेक्सी भिसालाई प्रतिस्थापन गर्दै यो कार्यक्रम ल्याएको भन्दै दूतावासले फ्लेक्सी भिसा अन्तर्गत काम गरिरहेका तथा रजिस्टर वर्क परमिट लिन चाहनेहरूलाई दर्ता हुन भनेको हो ।

तर भिजिट भिसामा रहेका, श्रम कानुन उल्लङ्घन गरेका तथा फौजदारी अभियोग लागेका श्रमिकले भने यो कार्यक्रममा सहभागी हुन पाउने छैनन् । 

यो कार्यक्रममा सूचीकृत हुन चाहने श्रमिकले सबैभन्दा आफू सूचीकरणका लागि योग्य छु कि छैन भनेर यकिन गर्न पर्छ । सूचीकरण हुनका लागि तोकिएको शुल्क लाग्ने छ । थप जानकारीका लागि ३३१५०१५० मा सम्पर्क गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया