एपीएलको उपाधि रोयल सन्धिखर्कलाई

 असोज २१, २०७५ आइतबार १०:१५:४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्कमा सम्पन्न भएको अर्घाखाँची प्रिमियर लिग (एपीएल) को उपाधि रोयल सन्धिखर्कले हात पारेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद ,रास्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ असोज १३ गतेबाट  सुरु भएको दोस्रो अर्घाखाँची प्रिमियर लिगको फाइनल खेलमा एम्स स्टारलाइ हराउदै रोयल सन्धिखर्कले जित हात पारेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५ हजार प्राप्त गरेको छ ।  द्धितीय हुनेले ५५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ  । अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजना गरेको दोस्रो अर्घाखाँची प्रीमियर लिगको उपाधि रोयल सन्धिखर्कले  हात पारेको हो ।

राउन्ड रोविन लिगको आधारमा खेलिएको खेलमा अन्तिम फाइनल खेलमा एम्स स्टार र रोयल सन्धिखर्क पुगेका थिए  । रोयल सन्धिखर्क ५ खेल मध्ये ४ खेल जितेर फाइनलमा स्थान बनाएको हो ।  एम्स स्टारले ६ खेल मध्ये ५ खेल जितेर फाइनलमा स्थान बनाएको हो । लिग चरणको अन्तिम रोयल सन्धिखर्क र एम्स स्टार बीचको खेल प्राविधिक कारणले रद्द भएको थियो । 

आइतबार सम्पन्न फाईनेल खेलमा तस जितेर एम्स स्टारले पहिले ब्याटीङ्ग रोजेको थियो । रोयल सन्धिखर्कका बलरहरुको कसिलो बलिङ्गको दबाबमा परेको एम्स स्टारले पूरा २० ओभर खेली जम्मा ५६ रन बनायो । 

५७ रनको लक्ष्य पाएको रोयल सन्धिखर्कले १२.५ ओभरमा २ बिकेटको क्षतिमा लक्ष्य भेट्टायो । रोयल सन्धिखर्कले एम्स स्टारलाई ८ विकेटले पराजित गरेको हो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया