खाेटाङमा वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै मनाइयो आप्रवासी श्रमिक दिवस

 पुस ३, २०७९ आइतबार १७:३८:५२
unn.prixa.net

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाएको छ । 

डिसेम्बर १८ मा आप्रवासीको सरोकारको विषयलाई लिएर मनाइने यो दिवस श्रमिकहरुकै परिवारसँग छलफल गरेर दुई दिनसम्म मनाइएको हो । नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गत रेमिट्यान्स सदुपयोग र व्यवस्थापन कक्षामा सहभागी आप्रवसीका परिवारहरुसँग दिवस मनाइएको हो ।

कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हुँदा भोग्नु परेका समस्य चुनौतीहरु साथै अनुभवहरु सुनाएका थिए । उनीहरुले विदेशमा रहेका परिवारको सदस्यलाई चाँडै घर फर्काउने र अब फेरि विदेश नजानका लागि आफूले पनि आम्दानीमूलक काम सुरु गरिसकेको पनि बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधि र पालिकाका प्रमुख प्रशासकीय अधिकृतले आप्रवासीका परिवारले आम्दानीमूलक काम गर्न चाहेमा सीपमूलक तालिम लगायतमा सहयोग गर्ने बताउनुभयो ।

यस्तै दिवस मनाउने क्रममा आप्रवासीका परिवारलाई वचत गर्ने बानी बिसाउन भन्दै सांकेतिक रुपमा खुत्रुके पनि बाँडिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया