साेलु दुधकाेसी आयोजनाले माघ महिनाभित्रै बिजुली उत्पादन थाल्ने

 माघ ५, २०७९ बिहिबार २०:६:१० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावट क्षमताको सोलु दुधकोसी जलविद्युत् आयोजनाले यही महिनाभित्रमा बिजुली उत्पादन थाल्ने भएको छ ।

निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो र देशकाे तेस्राे ठूलाे ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजनाको टर्वाइन टेस्ट गरिएको छ । बाँध, सुरुङ, पेनस्टेक, विद्युत् गृहको परीक्षणपछि पानीले टर्वाइन घुमाएर 'वेट टेस्ट' गरिएको हो । अब केही दिनमा लाइ परीक्षण गरिने छ । तिङ्लामा रहेको लाम्माने सब स्टेशनमा उपकरण परीक्षणपछी बिजुली उत्पादनको काम सुरु हुने साहस ऊर्जाका इन्जिनियर जेपी यादवले जानकारी दिनुभयो ।

आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लामा रहेकाे लाम्माने सब स्टेशनमा जोडिने छ । विद्युत् गृहदेखि सबस्टेशनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) बिजुली उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १०० दशमलव २७ गिगावाट घन्टा (१० करोड दुई लाख ७० हजार युनिट) र वर्षायाममा ४१९ दशमलव ९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) बिजुली उत्पादन हुनेछ ।

आयोजनाबाट यसअघि २०७८ चैतदेखि नै बिजुली उत्पादन सुरु गर्ने तालिका भए पनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्यालगायतले ढिला भएकाे कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न झन्डै ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकसहित नाै वटा बैंकले आठ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी दुई अर्ब ४५ करोड रुपैयाँ संस्थापक र एक अर्ब पाँच करोड रुपैयाँ साधारण शेयरबाट जुटाइएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया