विदेशी श्रमिक भर्ना गर्दा श्रम मापदण्ड पूरा भएको सुनिश्चित गर्नुहोस् : मलेसियाका मानव संसाधान मन्त्री

 माघ ६, २०७९ शुक्रबार १२:२१:३३ | एजेन्सी
unn.prixa.net

मलेसियाका मानव संसाधन मन्त्री भी शिवकुमारले रोजगारदातालाई श्रमिक भर्ना गर्दा श्रम मापदण्ड पूरा भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । बाँकी प्रक्रिया पछि गर्दै गए पनि सुरुमा श्रम मापदण्ड पुगे नपुगेको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभएको द स्टारले लेखेको छ ।

यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई तीव्रता दिन र विदेशी श्रमिक ल्याउने विषयमा छुट दिएको उल्लेख गर्दै श्रम तथा अध्यागमन विभागले गर्ने समीक्षा पनि ६ ७ महिनाभित्र पूरा गरिने उहाँले बताउनुभयो ।

यस्तै उहाँले श्रमिक भर्ना आवेदनमा श्रमिकलाई थप सपोर्ट गर्ने प्रमाणित कागजात उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । पहिले झुटा कागजात पेस गर्ने गरेको पाइएको भन्दै उहाँले प्रमाणित कागजात मात्रै पेस गर्न आग्रह गर्नुभएको हो ।

अन्तर्राष्टिय श्रम संगठनले तोकेअनुसार श्रमिकको हित हुने काममा कुनै सम्झौता नगरी मलेसियाको छवि उँचो राख्ने काम गर्न पनि रोजगारदातालाई मन्त्री दातुकले आग्रह गर्नुभयो ।

मलेसिया नेपाली श्रमिककाे लागि प्रमुख श्रम गन्तव्य हाे । पछिल्लाे समय मलेसिया श्रमिककाे अधिकारप्रति लचिलाे बन्दै गएकाे छ । याेसँगै मलेसिया जाने नेपाली श्रमिककाे संख्या पनि बढ्दाे छ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया