सडक नै नपुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको इन्धन खर्च ५ लाख रुपैयाँ

 माघ २४, २०७९ मंगलबार ११:५९:३८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामै गाडी मर्मत तथा इन्धनमा ५ लाख रुपैयाँ खर्च गरेको छ । सडक सञ्जालले जोड्न बाँकी रहेको यस गाउँपालिकाले गाडी मर्मत तथा इन्धन शीर्षकमा ६ महिनामै करिब ५ लाख रुपैयाँ खर्च गरेको हो।

खुम्बुको ५ वडा मध्ये वडा नम्बर १ बाहेक अन्य वडाहरुमा अहिलेसम्म सडक सञ्जाल पुग्न सकेको छैन् । तर पालिकाका जनप्रतिनिधिले इन्धन खर्च बापत ठूलो रकम खर्च गरेको पाइएको छ । पालिकाले बजेटमार्फत् नै एक वर्षका लागि इन्धन खर्चका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको तर ६ महिनामै सबै रकम खर्च भएपछि थप गर्नुपर्ने स्थिति देखिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईँले बताउनुभयो ।

यद्यपि पालिकाको गाडी भएको विषयमा वडाका अन्य जनप्रतिनिधिहरु भने अनविज्ञ छन् । प्रमुख प्रशासकीय अधिकृत चापागाईँले भने पालिकाको एउटा ल्याड क्रुजर गाडी काठमाण्डौमा सञ्चालन भइरहेकाले खर्च भएको बताउनु भयाे । 

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ मा रहेकाे थामडाँडासम्म मात्रै सडक ट्रयाक खुलेकाे भएको छ । सडक ट्रयाक ओपन कार्य भइरहेकाले पालिका केन्द्रसम्म सडक पुग्न समय लाग्ने गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • hira gautam

    Feb. 7, 2023, 6:12 p.m.

    पालिका दुर्गममा छ काम गर्न कति गार्हो छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया