बालिका बलात्कार प्रयासकाे अाराेपमा युवक पक्राउ

 असोज २५, २०७५ बिहिबार १८:२२:५३ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखराको याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने याम्दीकै २५ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले विहीबार पक्राउ गरेको छ । 

श्रेष्ठले मंगलबार बालिकालाई ललाइ फकाई एकान्तमा लगेर अस्वभाविक क्रियाकलाप गरेको पीडित बालिकाले बुधबार राति आमालाइ बताएपछि घटना बाहिर आएको हो । 

युवकले बुधबार पनि बालिकालाई फकाउने प्रयास गरेको तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई त्यस युवकसँग जानबाट रोकेकी थिइन् । 

श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् भने बलात्कारको प्रयास गरेको स्वीकार गरिसकेको कास्की प्रहरीले जनाएको छ । बालिकाको बलात्कार भएको हो या बलात्कारको प्रयास मात्रै गरेको हो बालिकाको स्वास्थ्य परीक्षण गरेपछि मात्र भन्न सकिने प्रहरीले बताएको स्थानीय मधुकर पराजुलीले जानकारी दिनुभएको छ । 

पीडित बालिकाको परिवार लामो समयदेखि याम्दीमा भाडामा बस्दै आएका छन् भने आरोपी युवक त्यहाँकै स्थानिय बासिन्दा हुन् ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया