बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

 फागुन १४, २०७९ आइतबार ८:१४:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर -  बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् । बाग्मतीमा हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।  खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले हिजो बेलुका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष संयुक्तरूपमा राजीनामा बुझाउनुभएको हो ।

पार्टीको निर्णयअनुसार राजीनामा दिइएको थापाले बताउनुभयो । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिनुभएको छ ।

तीन जना मन्त्रीले राजीनामा दिए पनि नयाँ गठबन्धनका तर्फबाट तत्काल मन्त्री नियुक्त नहुने भएका हुन् । राप्रपाले छोडेका तीन वटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने हुनुभएको छ । नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी भित्रिएको भए पनि राष्ट्रपतिको चुनाव अघि नयाँ मन्त्री नियुक्त नहुने भएका हुन् ।

हिजो पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राप्रपाका चार जना मन्त्रीले राजीनामा दिएका थिए । साथै राप्रपाले प्रदेश सरकारमा दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया