सरकारसँग स्वीकृति नै नलिई साउदी पठाउने भन्दै अन्तर्वार्ता

 फागुन १९, २०७९ शुक्रबार १२:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारसँग अनुमति नै नलिई हेभी ड्राइभरको काममा साउदी पठाउने भन्दै दुई सय जनाभन्दा बढीसँग अन्तर्वार्ता लिइरहेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार एसियापावर रिक्रुुटमेन्ट सोलुसन प्रालिले विभागसँग पूर्व स्वीकृति नै नलिई हेभी ड्राइभर लगायतका विभिन्न पदमा साउदीको अर्चीरोडोन कम्पनीमा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको हो । विभागबाट खटिएको टोलीले अनुगमनको क्रममा म्यानपावरले दुई सयको सङ्ख्यामा अन्तर्वार्ता भइरहेको पाएको हो ।

अनुगमनको क्रममा यो काममा पठाउन कुनै स्वीकृति नै नलिएको पाइएपछि विभागले अन्तर्वार्ता रोकी १९ वटा राहदानी बरामद गरेको छ । म्यानपावरले कुन आधारमा के कसरी अन्तर्वार्ता गरेको हो भन्ने सन्दर्भमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया