ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

 फागुन २१, २०७९ आइतबार १०:४९:५३ | सुवास दर्नाल
unn.prixa.net

काठमाण्डाै - ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गएको छ । ९ जना गम्भीर घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका-३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको  ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जीपमा  ११ जना यात्रु थिए  । दुर्घटनामा घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट लागेको  प्रहरीले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया