सफाइ अभियानले पनि रुप फेर्न नसकेको बाग्मती (तस्बिरसहित)

 फागुन २७, २०७९ शनिबार १०:११:१४ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बाग्मती नदी अहिले पनि 'ढलमती' उपनामले परिचित छ । केही वर्षदेखि बाग्मती सरसफाइ अभियानसँगै नदीमा केही फोहर कम भएकाे छ तर नदीमा फोहर फाल्नु हुँदैन भन्ने जनचेतना व्यापक हुन सकेको छैन ।

ढल, फोहर र दुर्गन्धपूर्ण बाग्मती नदी स्वच्छ, सफा र सुन्दर भएर आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै मिलेर  फोहर नफाल्ने हो भने फेरि बाग्मती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । काठमाण्डाै उपत्यकाभित्र त बाग्मती फोहर छ नै चोभार नजिकबाट काठमाण्डाै बाहिरिने क्रममा पनि कालो बाग्मती नदीको पानी देख्दा सबैले नाकमुख थुन्छन् ।

काठमाण्डाैको सिनामङ्गल क्षेत्रमा सुकुम्वासीले बाग्मती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णमा रहेकाे बाग्मती नदी किनारमा बनाइएको शौचालय यी सबैले काठमाण्डाै जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ । काठमाण्डाै उत्तरबाहिनीमा रहेकाे बाग्मती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बाग्मतीमा मिसाइएको ढल, कुपण्डोल यूएन पार्कनजिक बाग्मती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहर, सुन्दरीघाट बाग्मती नदी छेउ थुपारिएको फोहर, कुलेश्वर छेउको  बाग्मती र सुकुम्वासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ ।

यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी सङ्घसंस्था र आम नागरिक सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बाग्मती आफ्नो पुरानो लय समात्नेछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका बाग्मती नदीका यी तस्बिरहरु ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया