वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

 चैत ६, २०७९ सोमबार १५:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले आउँदो बुधबार श्रमिकहरुको सूचीकरण शुभारम्भ कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री प्रचण्डद्वारा काठमाण्डौको राष्ट्रिय सभागृहमा सूचीकरण कार्यक्रमको उद्घाटन गरिने कोषले जनाएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने जनाएको छ ।

‘विदेशमा गएर काम गर्ने नेपाली श्रमिकलाई पनि यस योजनामा समावेश गर्नुपर्छ भनेर हामी पहिलेदेखि नै लागिरहेका थियौँ, बुधाबारदेखि औपचारिक रुपमा प्रक्रिया सुरु हुन्छ’, कोषका प्रवक्ता बिबेक पन्थीले भन्नुभयो, ‘अहिले सूचीकरण गर्ने कामको शुभारम्भ हुने हो, सूचीकृत भएपछि उहाँहरु बल्ल सामाजिक सुरक्षा योजनामा जानुहुन्छ ।’ 

प्रवक्ता पन्थीका अनुसार यो योजनाको सुविधाको लागि पछिल्लो एक वर्षमा ९ महिना वैदेशिक रोजगारीमा रहेको हुनुपर्छ । यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि यो अनिवार्य गरिएको छ । 

‘नयाँ जानेहरुले श्रम स्वीकृति लिने बेला नै बिमा गरे जसरी नै यस योजनामा समावेश हुन्छन् भने विदेशमै भएकाहरुले पुनः श्रम स्वीकृति लिनेबेला अनिवार्य जोडिनुपर्छ’, उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया