२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

 चैत १०, २०७९ शुक्रबार १३:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् ।

१५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ । 

यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो ।

अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदेश जानेहरू ३२.९६ प्रतिशत रहेका छन् । प्रदेशगत रूपमा भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट १९.२ प्रतिशत जनसङ्ख्या विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशबाट ४.३ प्रतिशत देश बाहिर रहेको पाइएको छ । विदेशमा अक्सर बसोबास गर्ने परिवारमा अनुपस्थित सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट छन् ।

यी प्रत्येक जिल्लाहरूबाट कम्तीमा ७० हजारभन्दा बढी व्यक्ति अनुपस्थित देखिएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया