सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।
एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उहाँको परिवारले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आउनुभएका उहाँ हाल त्यहाँ अध्यापनसमेत गर्नुहुन्थ्यो ।
निधनको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको आज उहाँको परिवारलाई भेट्न पुगेर फर्कनुभएका सो विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा महेशनाथ पराजुलीले जानकारी दिनुभयो ।
रामेछापको साँघुटारमा जन्मनुभएका उहाँले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गर्नुभएको थियो ।
राति होटलमा सुतेको अवस्थामा निधन भएको र उहाँको नाकबाट रगत बगेको पाइएपछि उहाँलाई हृदयाघात भएको अनुमान गरिएको छ । निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उहाँको शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ । उहाँका श्रीमती र तीन छोरा छन् ।