मलेसियामा अनिवार्य मृत्युदण्डको नीति हट्यो

 चैत २०, २०७९ सोमबार १९:१९:३१ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मलेसियाकाे संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ । संसद्ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या, आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्ने बीबीसीले जनाएको छ ।

मृत्युदण्डको अन्त्यका लागि गएको हप्ता मलेसियाको संसदमा दुई वटा विधेयक दर्ता गरिएका थिए । तिनै विधेयक आज संसदले पारित गरेको हो ।

मलेसियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिने व्यवस्था रहेकोमा ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो । अझै पनि असाधारण घटनाहरूमा भने मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वविवेकीय अधिकार कायमै राखिएको छ ।

मलेसियामा अहिले मृत्युदण्ड तोकिएका एक हजार तीन सय ४१ जना कैदीहरू मृत्युदण्डको पर्खाइमा रहेका छन् । अब उनीहरूको ज्यान जोगिनसक्ने बीबीसीको खबरमा उल्लेख छ । नयाँ कानुनले यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी मानिसहरूलाई पनि ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समय दिनेछ । अझैसम्म मृत्युदण्डको सजाय दिइने विश्वका ५३ देशहरूमध्ये मलेसिया पनि एक हो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया