सोलुखुम्बुमा शव वाहन नहुँदा नागरिकलाई सास्ती

 चैत २५, २०७९ शनिबार १६:४५:३८ | सुवास दर्नाल
unn.prixa.net

प्रतीकात्मक तस्बिर

साेलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा शव वाहन गाडी नहुँदा समस्या भएको छ । आठ पालिका तह रहेको जिल्लामा एउटा पनि शव बोक्ने गाडी नहुँदा नागरिकलाई समस्या भएको हो ।

शव वाहन नहुँदा विशेष गरी गाउँ/गाउँबाट जिल्लासम्म पोष्टमार्टम गर्न ल्याउनुपर्ने शवहरु तथा संस्कार अनुसार गाउँघरमा लैजानुपर्ने शवहरुका लागि निक्कै समस्या हुने गरेको सोलुखुम्बु केरुङकी डोमा तामाङको भनाइ छ ।

शव बोक्नकै लागि यहाँका नागरिक चर्को भाडा तिर्न बाध्य छन् तर सुविधा न्यून छ, भनेको समयमा निजी गाडी पाइँदैन ।  जसका कारण विभिन्न कारण ज्यान गुमाएका तथा पोष्टमार्टम अनिवार्य भएका घटनामा शव ढुवानी नै पीडित परिवारका लागि ठूलो समस्याको रुपमा देखा परेकाे छ । जिल्लाभरका पालिका मिलेर शव वाहन खरिद गर्न सकिए उत्तम हुने माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राई बताउनुहुन्छ ।

‘हाम्रो पालिकामा पनि यो मेजर समस्याको रुपमा नै देखिएको छ, शव वाहनका लागि नागरिकहरुलाई धेरै सास्ती छ, यसमा सबै पालिका मिलेर एउटा शव वाहन खरिद गर्ने कुरामा हामी सहमत छौँ, त्यो गर्न सकियो भने राम्रो हु्न्थ्यो’ उहाँले भन्नुभयाे ।

जिल्लाको ग्रामीण क्षेत्रमा ज्यान गुमाएर पोष्टमार्टम गर्नुपर्ने प्रकृतिको शवहरु जिल्ला अस्पतालमा नै ल्याउनुपर्ने बाध्यता छ । जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरूको ज्यान जाँदा निजी गाडीले शव बोक्न नमान्दा नागरिकलाई सास्ती हुने गरेको छ । शव वाहन नहुँदा स्थानीयले डोको, बोरा र सडक पुगेको ठाउँमा ट्याक्टरमा शव बोक्ने गरेका छन् ।

यसबारे सोलुखुम्बुका संघीय सांसद मानवीर राई भने संघ र प्रदेश सरकारसँग समन्वय गरेर शव वाहनकाे व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया