बाग्मतीमा कांग्रेसका २ मन्त्रीले लिए शपथ, अझै ५ मन्त्रालय नेतृत्वविहीन

 चैत २६, २०७९ आइतबार १९:५७:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रदेशमा आफूले सम्हालेका आठमध्ये दुई वटा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गरेर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे । 

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा गएको हो । लामा आर्थिक मामिला तथा योजनामन्त्री र काभ्रेका कांग्रेस सांसद तीर्थ लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा नियुक्त हुनुभएकाे हाे । दुवै जना मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुभयो ।

अरू बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफूसहित दुई जना सरकारमा गएको कांग्रेस संसदीय दलका नेता लामाले बताउनुभयो । एकीकृत समाजवादीका तर्फबाट पनि आज मन्त्री बनाउने तयारी भए पनि पार्टीबाट मन्त्री बन्नेको नाम प्राप्त नभएको उहाँले बताउनुभयो ।

प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिनुभएको १६ दिनपछि आज बल्ल दुई जना मन्त्री नियुक्त गर्नुभएको हो । अझै मुख्यमन्त्रीले अरू पाँच वटा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । कांग्रेससहितका दलहरूले मन्त्री बन्नेहरूको नामावली नपठाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया