तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने

 बैशाख ३, २०८० आइतबार १५:५७:३२ | एजेन्सी
unn.prixa.net

साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसा कार्यक्रम ल्याएको छ । यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिने बताइएको छ । 

भिसा जारी गर्ने साउदीको 'क्वीवा'का अनुसार यो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन् । तीन महिनाको समय सकिएपछि आवश्यकताअनुसार फेरि त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइने छ । क्वीवा मानव संसाधन मन्त्रालय अन्तर्गत श्रम क्षेत्रका विभिन्न सेवाहरु प्रदान गर्ने विद्युतीय प्लेटफर्म हो । 

यो भिसा पाउन रोजगारदाता वा क्वीवाका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्छ । यो भिसामार्फत छोटो समयको कामदार मगाउन चाहने कम्पनी व्यावसायिक रुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय रहेको हुनुपर्ने उल्लेख छ ।

अस्थाइ कामदार भिसा लिएका विदेशी श्रमिकलाई इकामा लिनुपर्ने आवश्यकता हुँदैन । यस्तै यो भिसा भइसकेपछि काम गर्नको लागि 'वर्क परमिट' र रेजिडेन्सीको आवश्यक पनि नपर्ने गल्फ न्युजले लेखेको छ । यो भिसाको लागि अनलाइन निवेदन दिएको लगत्तै भिसा जारी हुन्छ । यसमा थप ‘डकुमेन्टेशन’को आवश्यकता पर्दैन ।

साउदीले यसलाई एउटा कार्यक्रमकै रुपमा लिएको छ । साउदीमा सञ्चालित निजी कम्पनीहरुलाई तत्कालै छोटो समयको लागि विदेशी कामदार चाहिए भर्ति गर्न सजिलो होस् भन्ने हेतुले यो कार्यक्रम ल्याइएको हो ।

यस्तै, यो कार्यक्रमले साउदीकरणको अभियान (निताकत)मा फरक नपार्ने बताइएको छ । साउदीले पछिल्लो समय आफ्नै त्यहीँको नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता दिन थालेको छ । यो भिसा कार्यक्रमले त्यो अभियानमा कुनै फरक नपार्ने जनाइएको हो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • krishna nandan kushwaha

    April 20, 2023, 10:17 a.m.

    I am graduated diploma in civil enjineering(overseer).I need job urjently.....

  •  0 Reply
  • Eakraj kc

    April 19, 2023, 4:12 p.m.

    Good

  •  0 Reply
  • Raju khanal

    April 17, 2023, 6:27 a.m.

    Jobs

  •  0 Reply
  • Dharma Dhoj Khadka

    April 16, 2023, 6:59 p.m.

    good I'm intrasting

  •  0 Reply

तपाईको प्रतिक्रिया