यसरी लगाइयाे राष्ट्रपति र प्रधानमन्त्रीकाे हातबाट टीका (तस्बिरमा हेर्नुहाेस्)

 कात्तिक ३, २०७५ शनिबार १३:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बडा दसैंकाे अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले विभिन्न सरकारी कर्मचारी, पत्रकार तथा सर्वसाधारणलार्इ टीका लगाइदिनु भयाे । 

प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगी राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्नुभयाे । राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका लगाई जमराको माला लगाइदिनुभएको थियो । उहाँसँगै प्रधानमन्त्री पत्नी राधिकाले पनि राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्नुभयो ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख कृष्ण बहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, कानुनमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका मन्त्री थम माया थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा लगायत मन्त्रीहरुलार्इ टीका र जमरा लगाइदिनुभएकाे  थियाे ।

साथै उहाँले सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका अधिकृतहरुलारेण पनि टीका लगाइदिनुभएको थियाे ।

विशिष्ट व्यक्तिको टीका पछि राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाइदिनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै

त्यसैगरी बालुवाटारमा रहेकाे प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओलीले सर्वसाधरणलाई टीका र जमरा लगाइदिनुभयाे । 

टीका लगाउनका लागि प्रधानमन्त्री निवासमा सांसद, कार्यकर्ता तथा सर्वसाधरणहरु निकै समय कुर्न बाध्य भएका थिए । केही सर्वसाधरण टीका नलगाई फर्किएका थिए भने कार्यकर्ता र सांसदहरु २ घण्टा पर्खिएर टीका लगाएका थिए । टीका लगाउनका लागि घण्टौ कुर्नुपर्दा पनि कार्यकर्ताहरु भने जनताबाट निर्वाचित प्रधानमन्त्रीको हातबाट टीका लगाउनुपर्ने भन्दै चित्त बुझाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले अपरान्ह २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा र अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टिका लगाइदिने कार्यतालिका सार्वजनिक गरेको भएपनि २ घण्टा ढिलो गरि प्रधानमन्त्रीबाट टिका लगाईदिने कार्यक्रम सुरु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा अाेली टीका लगाइदिनु हुँदै

तस्बिर साैजन्य: रासस

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया