जापानमा प्राविधिक अभ्यासार्थी पठाउन चाहने म्यानपावरलाई सूचीकृत हुन विभागको आग्रह

 बैशाख ८, २०८० शुक्रबार १५:१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानमा प्राविधिक अभ्यासार्थी पठाउन चाहने म्यानपावरलाई सूचीकृत हुन विभागले आग्रह गरेको छ । जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेशन (जिटको) अन्तर्गत अभ्यासार्थी/प्रशिक्षार्थी श्रमिकलाई जापान पठाउन चाहने इजाजतपत्रवाला म्यानपावर कम्पनीलाई जिटकोमा सूचीकृत हुन विभागले आग्रह गरेको हो । 

इच्छुक इजाजतपत्रवाला संस्थाहरुले नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने सम्बन्धी निर्देशिका, २०६६ बमोजिम यही बैशाख १२ गतेभित्र आवश्यक कागजातसहित विभागमा निवेदन दिनुपर्ने हुन्छ । यस अघि सूचीकृत भइ नवीकरण वहाल रहेका इजाजतपत्रवाला संस्थाहरुले पुनः सूचीकृत हुन नपर्ने समेत विभागले जनाएको छ ।

जिट्को अन्तर्गत प्रशिक्षार्थी श्रमिकको रुपमा जापान जान १८ वर्ष पूरा भई चालिस वर्ष ननाघेको हुनुपर्छ । यस्तै नेपाल सरकार अन्तर्गत उद्योग मन्त्रालयअन्तर्गतको निकायमा दर्ता भएका औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि, सहकारी सामुदायिक संघसंस्था, होटेल, पर्यटन व्यवसाय लगायतका सेवा तथा वस्तु उत्पादन व्यवसाय जस्ता क्षेत्रमा काम गरेको अनुभव हुनुपर्छ ।

जापान जान चाहने श्रमिकले जापानी भाषा तथा संस्कृतिको तालिम लिएको हुनुपर्छ । यस्तो संस्था नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएर सञ्चालनमा आएको कम्तीमा तीन वर्ष भएको हुनुपर्छ । कृषि सम्बन्धी काममा जान चाहने श्रमिकले सम्बन्धित उद्योग वा सम्बन्धित विषयको सहकारी तथा सामुदायिक संस्थामा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्छ । 

जिट्कोअन्तर्गत प्राविधिक अभ्यासार्थी जापान पठाउन स्वीकृत प्राप्त संस्थाहरुले अधिकतम ५० हजार रुपैंयाँसम्म प्रवर्द्धन खर्चको रुपमा लिन पाउँछन् । यस्तो खर्चमा श्रमिकको स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, लगायतको खर्च समेत समावेश हुन्छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया