वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या सुन्न २४ घण्टे हटलाइन

 जेठ ५, २०८० शुक्रबार १७:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या सम्बोधनका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालन गर्ने भएको छ । 

शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।

यस्तै उहाँले श्रमिकका समस्या सुन्न र समाधान गर्नका लागि विदेशमा रहेका नेपाली दूतावासमा रहेका श्रम डेस्कलाई थप व्यवस्थित बनाइने घोषण गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

1 Comments

  • marhab

    May 20, 2023, 2:24 a.m.

    मेरो पनि गुनासो छ

  •  0 Reply

तपाईको प्रतिक्रिया