'देखाउने एउटा र झोलामा अर्कै भिसा' बोकेर कुवेत जान लागेका १ सय २६ जनालाई विमानस्थलबाटै फर्काइयो

 असार २८, २०८० बिहिबार १७:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा कुवेत जान लागेका एक सय २६ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले उज्यालोलाई बताउनुभयो । 

‘श्रम स्वीकृति लिएर गएका भए पनि अन्य कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो’, सुवेदीले भन्नुभयो, ‘एउटा देशमा जाने भनेर  कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइयाे, यस्तै देखाउने भिसा एउटा र झोलामा अर्कै भिसा र कागजात भएका पनि देखिए ।’

उहाँकाअनुसार बुधबार बेलुकी ९८ जना र बिहीबार बिहान २८ जना गरी जम्मा एक सय २६ जनालाई कुवेत  जानबाट रोकिएको हो । उनीहरुमध्ये अधिकांश महिला रहेको सुवेदीले बताउनुभयो ।

अध्यागमनले उनीहरुलाई घरेलु कामदारको रुपमा जान लागेको आशंका गरेको छ । घरेलु श्रमिकका रुपमा कुवेतमा जान मिल्दैन । तर विभिन्न म्यानपावर कम्पनीहरुले झुटा विवरण पेस गरेर घरेलु कामदारमा पठाउन खोजेको भन्ने सूचनाका आधारमा अध्यागमनमा कडाइ गरिएको सुवेदीले बताउनुभयो । 

अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले थप अनुसन्धान गरी यसरी श्रमिक पठाउने म्यानपावर कम्पनीमाथि थप कारबाही अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Chetraj Bhandari

    July 14, 2023, 12:38 p.m.

    यस्ता मेनपावरलाई कारबाहि गर्नु पर्याे एक युवाले देशमा बस्न नपाईने अनि अर्काे देशमा पनि ठगिनुपर्ने याे कस्ताे कानुन हाे नेपालकाे

  •  0 Reply
  • पुरुशोत्तम अर्याल

    July 13, 2023, 8:23 p.m.

    कुवेतमा येसरी इलिगल रुपमा आउने धेरै छन|हतारको निर्णयले फुर्सदमा पछुताउन भन्दा पहिल्यै बिचार पुर्याउनु पर्छ कुवेतमा अलपत्र पर्दा हेर्न कोहि हुदैन ।फेरि जताततै नेपालीले येताको कानुनबिपरित काम गरेर हामी नेपालिलाई हेर्ने नजरिया समेत घटेको छ,जताततै पुलिसले नेपालीलाई समातेको समाचार आउँदा यो मन खल्लो हुन्छ ।

  •  0 Reply
  • Magar bauza

    July 13, 2023, 5:32 p.m.

    जसरी जन्ता ठक्नु छ लुट्नु छ युवा जति देश मै नरखने सरकार को योजना छ देश मा भए भर को उद्योग कारखाना बेचेरा सकियो खोला नाला मिल्नि ठाँउ को जाति जग्गा पनि बेचि साकियो अब बाँकि रहेका यही युवा ता छ यि युवा हरु को रगत पसिना खाउ कति खान्छौ नेपाली लाई जति बिदेश पठाउ शरणार्थी बानाउ बिदेशी लाई नागरिता देउ

  •  0 Reply

तपाईको प्रतिक्रिया