यूएईमा कार्यरत हुनुहुन्छ ? सामाजिक सञ्जाल चलाउँदा ध्यान दिनुहोस्

 साउन १९, २०८० शुक्रबार १२:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ यूएईमा कार्यरत हुनुहुन्छ ? सामाजिक सञ्जालको प्रयोग त पक्कै गर्नुहुन्छ होला ।

सामाजिक सञ्जालमा केही लेख्दा वा कुनै पनि सामग्री सेयर गर्दा विशेष ध्यान पुर्‍याउनुहोस् । नत्र सामाजिक सञ्जालमा लेखेकै भरमा तपाईँले जेल र जरिबाना भोग्न पर्ने हुन सक्छ । 

किनकि पछिल्लो समय यूएईले सामाजिक सञ्जालमार्फत हुने विभिन्न खालको गतिविधिलाई रोक्न साइबरक्राइम सम्बन्धी कानुनलाई कडा बनाएको छ । तपाईँले सामाजिक सञ्जालमा लेखेको, बनाएको भिडियो र तस्बिरहरूले कानुनको उलङ्घन भएमा अनावश्यक झमेलामा पर्न सकिन्छ ।

अनलाइनमार्फत गरिने कुनै पनि गालि बेइज्जती र मानहानिलाई यूएईले कडा रूपमा हेर्छ । कोही पनि व्यक्तिले सामाजिक सञ्जालमार्फत अरूको आत्मसम्मानमा चाेट पुग्ने वा चरित्रहत्या हुनेगरी गलत सूचना र जानकारीहरू प्रस्तुत गरेमा कडा कानुनी कारबाही हुने छ ।

जरिबाना र जेल सजाय दुवै हुनसक्ने कानुनी व्यवस्था छ । त्यसैले कुनै पनि सूचना वा जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गर्नुअघि वा आफूले नै पनि  विषयमा लेख्नुअघि त्यो कुरा सत्य हो कि होइन भनेर अनिवार्य जाँच गर्नुपर्छ । 

यस्तै यूएईको संशोधित कानूनले अनलाइनमार्फत कसैलाई धम्की दिने वा अरूलाई असर पर्ने खालको गतिविधि गरेमा पनि त्यसलाई अपराधको रूपमा मानेको छ । सामाजिक सञ्जालमार्फत यता गतिविधि गरेमा जेल र जरिबाना दुवै सजाय हुन सक्ने छ ।

यस्तै यूएईमा बसोबास गर्ने जो कोहीले पनि इस्लाम वा अन्य कुनै धर्म वा संस्कृतिलाई चोट पुर्‍याउने खालका गतिविधिहरू सामाजिक सञ्जाल गर्न प्रतिबन्ध लगाएको छ । 

सामाजिक सञ्जालमार्फत कुनै पनि धर्म, संस्कृति वा राजनीतिसँग सम्बन्धित सामग्री सेयर गर्दा पनि सावधानी अपनाउन पर्छ ।

यूएईले अनुमति बिना कोही कसैको फोटो वा भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्नुलाई पनि अपराध मानेको छ । त्यसकारण सार्वजनिक स्थलहरूमा कोही कसैको फोटो वा भिडियोहरू खिच्दा र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा विशेष ध्यान दिन पर्छ । 

कोही पनि व्यक्तिको व्यक्तिगत गोपनीयतालाई भङ्ग हुने खालका सामग्री सामाजिक सञ्जालमार्फत राख्नुलाई पनि यूएईले अपराधको रूपमा हेर्ने गरेको छ ।

यसका साथै यूएईमा कार्यरत हुनुहुन्छ भने सामाजिक सञ्जालमार्फत कोही कसैलाई गालीगलौज नगर्नुहोस् । सामाजिक सञ्जालमार्फत कोही कसैलाई लिङ्ग, जातियता, धर्म, रङजस्ता कुनै पनि कुराले अवहेलना गरेमा, होच्याएमा कडा कारबाही हुन्छ । 

सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि गरेमा जेल, जरिबाना र देश निकालासम्मको सजाय हुने छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Raj ghimire

    Aug. 4, 2023, 10:11 p.m.

    साउदीमा फांसी मा चढाएर तेरो अन्तिम इच्छा केछ भनेर सोध्छ सावधान!!!

  •  0 Reply
  • Manoj kumar suyal

    Aug. 4, 2023, 1:45 p.m.

    साउदी मा चाहिँ कस्तो नियम छ जानकारी पाउन

  •  0 Reply

तपाईको प्रतिक्रिया