मङ्गलवार साँझदेखि अर्को सूचना जारी नहुँदासम्म अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिन नमिल्ने

 साउन २३, २०८० मंगलबार १६:९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज मङ्गलवार बेलुकादेखि अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिने प्रक्रिया अवरुद्ध हुने भएको छ । 

वैदेशिक रोजगार विभागले सिस्टमको फाइल सर्भर सार्नका लागि फेमिस सिस्टममा नयाँ फाइल अपलोड गर्न नमिल्ने भएको भन्दै श्रम स्वीकृतिको आवेदन पनि पेस गर्न नमिल्ने जनाएको छ । 

तर यसअघि श्रम स्वीकृतिको आवेदन दिइसकेकाहरूले भने सबै कागजात र प्रक्रिया मिलेको भएमा श्रम स्वीकृति प्राप्त गर्ने छन् ।

तर कुनै कारणले श्रम स्वीकृतिको आवेदन अस्वीकृति भएमा पुनः मागेका कागजात राखेर आवेदन सबमिट गर्न भने मिल्ने छैन । त्यसका लागि सिस्टम पुनः सञ्चालनमा नआउन्जेल गर्न पर्ने भएको छ । 

मङ्गलवार साँझ पाँच बजेदेखि अर्को सूचना जारी नहुँदासम्म सिस्टम अवरुद्ध हुने छ । अहिले पनि विभागको सिस्टम स्लो चलिएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया