युरोप रोजगारीबारे सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने क्रम बढ्यो

 साउन २६, २०८० शुक्रबार १५:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञानपनमा विश्वास नगर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

पछिल्लो समय युरोप रोजगारीका विभिन्न विज्ञापनहरू फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतबाट गर्दै ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले भनेको हो । 

युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र क्यानडाजस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको छ । यस्ता देशहरूमा रोजगारीको अवसर भन्दै सरकारसँग अनुमति बिनै विज्ञापन भइरहेको विभागले जनाएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिनुपर्छ । वैदेशिक रोजगारीमा कामदार पठाउन कुनै पनि म्यानपावर कम्पनीले विभागसँग अनुमति लिएका हुनुपर्छ भने विदेशबाट ल्याएको काम सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणीकरण गराउन पर्छ ।

दूतावासबाट प्रमाणीकरण भएका कामको मागमा विभागबाट पूर्व स्वीकृति लिएपछि मात्रै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न पाइन्छ ।

तर पछिल्लो समय युरोपका देशहरूमा कामको अवसर भएका विज्ञापनहरू सामाजिक सञ्जालमार्फत कुनै अनुमति बिनै गर्ने गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया